सेयर बजार बुधबार पनि ११.९७ अंकाे गिरावट आएको छ। नेप्से परिसूचक १९३९.८८ को विन्दुमा झरेको छ ।
राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १.७० अंकले घटेर ३७७.३८ को विन्दुमा ओर्लेको छ । कारोबार रकम पनि ८२ करोड रुपैयाँ बढीको भएको छ।
आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये एउटामा मात्रै हरियाली छाएको छ भने १२ वटामा रातो पोतिएको छ। आज ३१ कम्पनीको सेयर मूल्य बढेको छ भने १४७ कम्पनीको सेयर मूल्य घटेको छ ।
Artha Sanjal







