नागरिक लगानी कोषको साधारणसभा सम्पन्न

नागरिक लगानी कोषको साधारणसभा सम्पन्न भएको छ । कम्पनीले सोमबार नयाँ बानेश्वर स्थित आफ्नै केन्द्रिय कार्यालयमा आर्थिक बर्ष २०७७-०७८ साधारणसभा गरेको हो ।

सभाले लाभांश सहितका विविध प्रस्ताव पारित गरेको छ ।  साधारणसभाले आर्थिक बर्ष २०७७-०७८ मा ३० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो।    लाभांश वितरण पश्चात कोषको चुक्तापूंजी ४ अर्ब २५ करोड पुग्नेछ।   हाल कोषको चुक्तापूंजी ३ अर्ब २७ करोड रहेको छ।

त्यस्तै सभाले  संचालक समितिको तर्फबाट अध्यक्षले पेश गरेको कोषको आर्थिक बर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन पारित गरेको छ भने लेखापरीक्षकको प्रतिवेदन सहितको २०७८ साल असार मसान्तको वासलात, नाफा/नोक्सान हिसाब र नगद प्रवाह विवरण पारित गरेको छ।

सभाले सर्वसाधारण शेयरधनीको तर्फबाट अशोक बुढाथोकीलाई निर्विरोध संचालक पदमा निर्वाचित गरेको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *