सिटी एक्सप्रेसबाट पैसा पठाउँदा महोत्तरीका नदापले जिते निसान सन्नी कार

सिटी एक्सप्रेस मनी ट्रान्सफरबाट पैसा पठाउँदा जम्सेद नदापले कार जितेका छन् ।  राम गोपालपुर , महोत्तरी निवासी हाल साउदीमा कार्यरत ३५ वर्षिय जम्सेद नदापले  बम्पर उपहार (निसान सन्नी) कार जितेका हुन् ।  जम्सेद बिगत ६ बर्ष देखी साउदीमा काम गर्दै आइरहेका छन् ।

भदौ ३ गते साउदी स्थित टेलिमनी सेन्टरमा आयोजित कार्यक्रमका  विजेतालाई कार हस्तान्तरण गरिएको सिटी एक्सप्रेसले जनाएको छ ।  नेपाली राज दुतावासका मिसन उपप्रमुख दिलिप कुमार पौडेल, सिटी एक्सप्रेस मनी ट्रान्स्फरका प्रबन्ध निर्देशक चन्द्र टण्डन , टेलिमनी केन्द्रका प्रमुख बेसम बड्डा ,लगायतको उपस्थितिमा विजेता जम्सेद नदापलाई कार हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार सिटी एक्सप्रेस मनी ट्रान्सफर नेपाल रं साउदी अरब स्थित टेलिमनी बैंक को संयुक्त आयोजनामा “नेपाल पैसा पठाउनुहोस र पुरस्कार जित्नुहोस” अफर उपहार योजना नोभेम्बर  १, २०२१ देखि ६  महिनाको  लागि सन्चालन भएको थियो। सो उपहार योजना अन्तर्गत साउदीको टेलिमनी बैंक मार्फत नेपालमा सिटी एक्सप्रेसमा रेमिटान्स रकम पठाउदा १५ जनाले सामसुङ मोबाईल फोन , तीन  जनाले १० ग्राम सुन , तीन जनाले ५००० नगद साउदी रियाल , तीन जनाले आई फोन १३ प्रो माक्स र बम्परमा एक जनाले निसान सन्नी कार प्राप्त गर्ने घोषणा भएको थियो । ती सबै पुरस्कारहरु २ ÷ २ ÷ २ महिना गरी  ६  महिना  सम्म बिधुत्तिय लक्की ड्र मार्फत  घोषणा गरिएको थियो र अन्तिममा बम्पर उपहारको घोषणा गरिएको कम्पनीले जनाएको छ ।

सिटी एक्सप्रेसले बिगत १६ वर्ष देखि संसार भरबाट  विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १५,००० भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *