सिटिजन्स बैंकका ग्राहकलाई रा.जी. क्लिनिकमा विशेष छुट

सिटिजन्स बैंकका ग्राहकहरुले  रुपन्देहीस्थित रा.जी. क्लिनिक प्रा.लि.मा छुट पाउने भएका छन् ।  बैंकका ग्राहकले रा.जी. क्लिनिकमा गरिने स्वास्थ परिक्षणहरुमा २० प्रतिशत, फार्मेसीमा ७ प्रतिशत छुट पाउने र  ६५ वर्ष भन्दा माथिका बिरामीका लागि चिकित्सक शुल्क र ल्याब टेष्टमा ३० प्रतिशत सम्म छुट दिइने बैंकले जनाएको छ ।

बैंकका अनुसार  बैंकका ग्राहकले क्लिनिकबाट दन्त परिक्षण र चिकित्सक परामर्श जस्ता सेवा निःशुल्क पाउने छन् । दीर्घ रोगीहरुको लागी घरमै सेवा दिने व्यवस्था पनि गरिएको बैंकले जनाएको छ ।

यस सुविधाबाट स्थानीय सेवाग्राहीहरुले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत   प्राप्त गर्न सक्ने विश्वास बैंकले लिएकोे छ।  बैंकले १८० वटा शाखा, १३२ वटा ए.टि.एम. र ९६ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट   बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *