मुक्तिनाथ विकास बैंकको नाफा १ अर्ब ३७ करोड

मुक्तिनाथ विकास बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा १ अर्ब ३७ करोड नाफा आर्जन गरेको छ ।  अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १८.४७ प्रतिशत बढी नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब १५ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

बैंकको खुद ब्याज आम्दानी २१.०८ प्रतिशत, कुल सञ्चालन आम्दानी २.२२ प्रतिशत र सञ्चालन मुनाफा १९.५० प्रतिशत बढाएको छ । बैंकको खुद फि तथा कमिसन आम्दानी २२.२२ प्रतिशत घटेको छ। नाफासँगै बैंकको प्रतिशेयर आम्दानी १८ पैसा बढेर २४ रुपैयाँ २२ पैसा पुगेको छ।

बैंकको चुक्ता पूँजी १७.५८ प्रतिशत बढेको छ भने जगेडा कोष २१.०१ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको निक्षेप २०.४३ प्रतिशत र कर्जा १९.१८ प्रतिशत बढेको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *