राष्ट्र बैंकद्वारा कोरोनाकालमा दिइएको कर्जा सुविधा खारेज

राष्ट्र बैंकले कोरोनाकालमा दिइएको सुविधा खारेज गरेको छ भने सेयर धितो कर्जामा बैंकहरुलाई कडाइ गरेको छ । राष्ट्र बैंकले मौद्रिक नीति कार्यान्वनको लागि जारी गरेको सर्कुलरमा उक्त व्यवस्था गरेको हो ।

कोभिड–१९ बाट न्यून प्रभावित, मध्यम प्रभावित तथा अतिप्रभावित क्षेत्रमा प्रवाहित कर्जाको सावाँ तथा ब्याज रकमलाई कुनै किसिमको थप पेनाल ब्याज, शुल्क, हर्जाना, ब्याजको ब्याज नलिई हुने समय थप हुने व्यवस्था हटाएको राष्ट्र बैंकले जनाएको छ ।

किस्ता तिर्ने समय, त्यसको पुनर्संरचना, पुनर्तालिकीकरण हुने अवधि थपसम्बन्धी व्यवस्था समेत हटाएको हो। मार्जिन प्रकृतिको सेयर धितो कर्जामा परिवर्तन भएको व्यवस्था कार्यान्वयनको लागि बैंकहरुलाई कडाइ गरेको छ।

एउटा बैंकबाट ४ करोड र समग्र बैंकबाट १२ करोड रुपैयाँ लिन पाउने व्यवस्थामा यो वर्ष १२ करोड रुपैयाँ लिन जतिवटा बैंक उपयोग गरे पनि हुने व्यवस्था छ। आज राष्ट्र बैंकले जारी गरेको सर्कुलरमा यस्तो कर्जा प्रवाह गर्ने बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह वा नवीकरण गर्दा उक्त सीमा ननाघेको एकीन गरेर मात्र कर्जा प्रवाहरनवीकरण गर्नुपर्ने उल्लेख गरेको छ। तोकिएको सीमा नाघी कर्जा प्रवाह वा नवीकरण गरेमा बैंक तथा वित्तीय संस्थाले उक्त कर्जामा शतप्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्नेछ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *