अब्बल बन्दै र बनाउँदै मिर्मिरे लघुवित्त

काभ्रेपलाञ्चोकको बनेपामा केन्द्रीय कार्यालय रहेको मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले सुदुरपश्चिम प्रादेशिक कार्यालयको संयोजनमा प्रदेश कार्यालय अन्तर्गतका २५ वटा शाखा प्रमुखहरुलाई टिकापुर कैलाली स्थित होटल ग्रिन एशियामा कर्जा व्यवस्थापन तथा प्रभावकारी कार्य संचालन तालिम दिएको छ । आर्थिक वर्षको सुरुवातबाट नै संस्थाले गुणस्तरीय लघुवित्त कारोवारमा आफ्ना कर्मचारीहरुलाई दक्ष बनाउनको लागि तालिमको आयोजना गरिएको हो ।

कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत पुष्कर राज जोशी, सहायक कार्यकारी प्रमुख बिर्खबहादुर बोहरा, कर्जा तथा जोखिम विभाग प्रमुख वेद प्रसाद आचार्य, संस्थाका संचालक प्रवीण भट्टराई, जिल्ला मालपोत कार्यालय टिकापुरका अमिन लोकेन्द्र बहादुर बोहराले सहभागीहरुलाई सहजीकरण गर्नुभएको थियो ।

पछिल्लो समयमा लघुवित्त क्षेत्रमा बढ्दै गएको जोखिमसंगै दैनिक रुपमा कार्यसंचालनमा कर्मचारीहरुलाई समय समयमा अद्यावधिक गर्दै जानुपर्ने अवस्था भएकाले तत्कालै यस किसिमका कार्यक्रमहरु आयोजना गरिएको संस्थाका अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथि टेकबहादुर बोहराले जानकारी गराउनुभयो । संस्थाका कर्मचारीहरुले गरेको मिहिनेतले नै गत आर्थिक वर्षमा मिर्मिरेले राम्रो उपलब्धी हासिल गरेकोले यसको श्रेय कर्मचारीहरुलाई नै जाने र आन्तरिक रुपमा नै कर्मचारीहरुलाई अब्बल बनाउँदै लैजाने बताउनुभएको छ ।

कार्यक्रममा संस्थाको सातै प्रदेशका प्रमुख एवं उप प्रमुखहरुले सहभागीहरुसँग आफ्नो अनुभव आदानप्रदान समेत गरेका थिए । सुदुर पश्चिम प्रदेश प्रमुख स्वयम्भु श्रेष्ठले संचालन गरेको कार्यक्रमको उद्घाटन दिप प्रज्वलन सहित संस्थाका अध्यक्ष टेक बहादुर बोहराले गर्नुभएको थियो ।

साथै संस्थाले टिकापुरमै आइतबार प्रदेश प्रमुख तथा उप–प्रमुखहरु, कार्यकारी प्रमुखहरु, विभागीय प्रमुख सहित चालु आर्थिक वर्षको प्रभावकारी कार्यसंचालनको लागि रणनीतिक कार्ययोजनाहरु तयार गर्ने प्रयोजनका लागि कार्यशाला गोष्ठी संचालन गर्ने भएको छ ।

मिर्मिरे लघुवित्तले हालै प्रकाशित गरेको गत आ।व।को चौथो त्रैमासिक वित्तीय विवरण अनुसार २० करोड ८१ लाख ९१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । त्यस्तै, संस्थाको चुक्ता पुँजी ५२ करोड २० लाख ८५ हजार रुपैयाँ रहेकोमा जगेडा कोषको आकार ७९.७१ प्रतिशतले वृद्धि भई ४५ करोड १९ लाख ११ हजार रुपैयाँ सञ्चित रहेको छ ।

संस्थाको खुद नाफामा सामान्य सुधार देखिएसँगै संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) ३९ रुपैयाँ ८८ पैसा पुगेको छ त्यस्तै, प्रतिसेयर नेटवर्थ १८६ रुपैयाँ ५६ पैसा रहेको छ भने यस अवधिसम्म लुघवित्तको खराब कर्जा पनि घटेर १।६५ प्रतिशतमा झरेको छ । अघिल्लो आ।व।को उक्त अवधिसम्ममा लघुवित्तको खराब कर्जा १.९९ प्रतिशत रहेको थियो ।

त्यस्तै, यस अवधिसम्म लघुवित्तले बैंक तथा वित्तीय संस्थाबाट ५ अर्ब ६७ करोड सापटी लिई २ अर्ब ७४ करोड २३ लाख रुपैयाँ निक्षेप संकलन तथा ८ अर्ब ८३ करोड ४९ लाख रुपैयाँ कर्जा परिचालन गरेको संस्थाले जनाएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *