महिला युरो कपकाे उपाधिका लागि जर्मनी र इङ्ल्यान्ड खेल्दै

महिला युराे कप–२०२२ को फाइनल खेल आज हुँदैछ । उपाधिका लागि इङ्ल्यान्ड र जर्मनी खेल्दैछन् । खेल वेम्बलीमा राति पौने १० बजे सुरु हुनेछ ।

आजको खेल जितेमा इङ्ल्यान्डले महिला विश्व फुटबलमा नयाँ इतिहास रच्नेछ । जर्मनीले आठ पटक महिला युराे कपको उपाधि जितेको छ ।

आयोजक इङ्ल्यान्ड त्यही मैदानमा खेल्न लागेको छ, जहाँ पुरुष टोलीले सन् १९६६ को विश्व कपमा पश्चिम जर्मनीलाई हराएर उपाधि जितेको थियो ।

पहिलो सेमिफाइनलमा इङ्ल्यान्डले स्विडेनलाई ४–० र दोस्रो सेमिफाइनलमा जर्मनीले फ्रान्सलाई २–१ गोलले हराउँदै फाइनलमा पुगेको हो ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *