राधी विद्युत् कम्पनीलाई १४७ प्रतिशत हकप्रद सेयर बिक्री गर्न अनुमति

राधी विद्युत् कम्पनीले १४७ प्रतिशत हकप्रद सेयर बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले ९५ करोड ३५ लाख ७६ हजार नौ सय रुपैयाँ बराबरको ९५ लाख ३५ हजार कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति पाएको हो ।

यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गर्नेछ । हाल राधीको चुक्ता पुँजी ६४ करोड ६४ लाख रुपैयाँभन्दा बढी रहेको छ । हकप्रद बिक्रीपछि पुँजी करिब एक अर्ब ६० करोड रुपैयाँ पुग्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *