नेपाल इन्स्योरेन्सकाे बोनस सेयर डिम्याट खातामा जम्मा

नेपाल इन्स्योरेन्सले ११ प्रतिशत बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको छ । कम्पनीले गत १६ जेठसम्म सेयर डिम्याट गराएका सेयरधनीको बोनस सेयर खातामा पठाइदिएको हो ।

तर, अहिलेसम्म पनि डिम्याट नगरेकाहरूले खातामा बोनस सेयर पाउन पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्नेछ । त्यसपछि बोनस जम्मा गरिने कम्पनीले जनाएको छ ।

कम्पनीको ३० जेठमा सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट ११ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *