बाँके र बर्दियामा भारी वर्षा, दिउँसोसम्म सतर्कता अपनाउन आग्रह

बुधवार बिहान बाँके र बर्दियाका विभिन्न क्षेत्रमा भारी वर्षा भएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो ३ घण्टा बाँकेको ढकेरी, खजुरा, बर्दियाको राम्बापुर, रानीजरूवा नर्सरी, गुलरीया र आसापस धेरै स्थानमा भारी बर्षा मापन गरिएको हो ।

सो क्षेत्रमा थप वर्षा हुने सम्भावना रहेको भन्दै विभागले साना नदीहरूमा आकस्मिक बाढी आउन सक्ने बताएको छ ।
विभागले बुधवार दिउँसोसम्म सो क्षेत्रमा सतर्कता अपनाउन एसएमएस अलर्ट जारी गरेको छ ।
Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *