१७ घण्टापछि रोकियो मिथेन ग्याँससहितको फोहोरा

काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५ जोरपाटीमा इनार खन्ने क्रममा मंगलबार बिहानदेखि निस्किएको मिथेन ग्याँससहितको बालुवा र पानीको फोहोरा आज बिहानदेखि रोकिएको छ ।

आज बिहान करिब ३ बजेदेखि माटो र ग्याँस मिश्रित ग्याँसको मुस्लो निस्किन बन्द भएको नगरपालिकाले जानकारी दिएकाे छ । त्यहाँ ट्यांकर पठाएर सरसफाइ गर्ने काम भइरहेकाे बताइएकाे छ ।

लोसेटारस्थित सन्त कुमार लामाको घरमा बोरिङ खन्ने क्रममा मंगलबार बिहान १० बजेदेखि ग्याँससहित माटो र पानीको फोहोरा निस्किएको थियो । उक्त फोहोरा वरपरका घरभन्दा पनि माथि पुगेर बस्तीमा फैलिंदा स्थानीय प्रभावित भएका थिए । करिब १७ घण्टापछि अहिले फोहोरा आउन बन्द भएको हाे ।

ग्याँस निस्किएको सूचना पाएपछि भूगर्भविदको टोलीले स्थलगत अनुगमन गरेको थियो । भूगर्भविदको टोलीले त्यहाँ ८ देखि १३ प्रतिशतसम्म मिथेन ग्याँस रहेको बताएका थिए । आगलागीको जोखिम हुन सक्ने भएकाले त्यहाँ रातिसम्मै सेना र प्रहरी परिचालन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *