राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का चार नेताले पार्टी परित्याग गरेका छन् । नेताहरु दिलनाथ गिरी, श्याम तिमल्सिना, केशवराज श्रेष्ठ र दिलविकास राजभण्डारीले पार्टी छाडेका हुन् ।
आज प्रेस विज्ञप्ति जारी गर्दै उनीहरूले आजैका मितिदेखि साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट अलग भएको भएको उल्लेख गरेका छन् । उनीहरूले अपमानित र निरीह भएर पार्टीभित्र बस्न सक्ने अवस्था नरहेको बताएका छन् ।
उनीहरूले देशमा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको आवश्यकता रहेकोले यो अभियानमा आफूहरू निरन्तर क्रियाशील रहने बताएका छन् । हालै पार्टीले उनीहरूलाई पार्टी हितविपरीत गतिविधि गरेको आरोपमा स्पष्टीकरण सोधिएको थियो ।
उनीहरुले अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आएका थिए ।








