नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा आज १.९३ अंकले बढेको छ । आज नेप्से १.९३ अंकले बढेर दुई हजार ११.३९ विन्दुमा पुगेको हो । शुक्रबार नेप्से ७.९३ अंकले बढेर दुई हजार ९.४६ विन्दुमा बन्द भएको थियो ।
आज नेप्सेमा एक अर्ब २४ करोड २४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । शुक्रबार नेप्सेमा एक अर्ब ४५ करोड ६२ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज कारोबार भएका ८४ कम्पनीको शेयरमूल्य बढेको छ भने ८७ कम्पनीको शेयरमूल्य बढेको छ । आज मुल्य बढेको कम्पनीहरुमा राधी विद्युत्त कम्पनी, नयाँ सारथी लघुवित्तव वित्तीय संस्था, प्रभु बैंक र कुमारी बैंक रहेका छन् । राधी विद्युत्त कम्पनीको शेयर मुल्य ५ प्रतिशतले बढेको हो भने, नयाँ सारथी लघुवित्तव वित्तीय संस्था, प्रभु बैंक र कुमारी बैंकको शेयरमुल्य ४ प्रतिशतले बढेको हो ।
कारोबारको आधारमा आज सबैभन्दा बढी अपर तामाकोशीको भएको छ । यसको आज ६ करोड ४ लाख भन्दा बढीको कारोबार भएको छ ।






