ग्लोबल आइएमई लघुवित्त वित्तीय सँस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

ग्लोबल आइएमइ लघुवित्त वित्तीय सँस्थाले यहि मङ्सिर २८ गते आफ्नो ९ औं बार्षिक साधारणसभा बोलाएको छ । पोखराको ग्रांडीमा हुने साधारणसभामा लघुवित्तको संचालक समितिले गत आर्थिक बर्षबाट २८ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पेस हुनेछ। आगामी बार्षिक साधारण प्रयोजनार्थ मङ्सिर १४ गतेको लागि बुक क्लोज तय गरेकाले आज अर्थात मङ्सिर १३ गतेसम्म कायम सेयरधनीले लाभांश प्राप्त गर्न र साधारणसभामा भाग लिन पाउनेछन।

ग्लोबल आइएमई लघुवित्तको चुक्तापुंजी ४३ करोड १७ लाख १० हजार ४११ रुपैयाँ रहेको छ। २८ प्रतिशत बोनस सेयर वितरण पश्चात चुक्तापुंजी ४५ करोड माथि पुग्ने छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *