एचआईडीसीएलको लिलामी सेयर बाँडफाँट

हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एन्ड डेभलमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) ले लिलामीमा बिक्री गरेको लिलामी सेयर बाँडफाँट भएको छ ।

कम्पनीले हकप्रद सेयर निष्कासन गर्दा बिक्री नभएको संस्थापक समूहको ३ करोड  कित्ता सेयर लिलामीमार्फत् बिक्रीमा ल्याएको थियो । सोही लिलामी सेयर बाँडफाँट गरिएको हो ।

यसमान्यूनतम १०० रुपैयाँ (कट अफप्राइस) कबोल गरेर बोलपत्र पेस गर्ने ३७७ जना आवेदकले सेयर पाएका छन् । यता, आवेदकले लिलामी बाँडफाँटमा नपरेको सेयरबापतको पैसा आइतबारदेखि फिर्ता पाउने बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जनाएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *