लमजुङ र मनाङ पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा

मनाङ र लमजुङलाई पूर्णखोप सुनिश्चितता दिगोपना जिल्ला घोषणा गरिएको छ । मंगलबार मनाङलाई गण्डकी प्रदेशकै पहिलो र बिहीबार लमजुङलाई दोस्रो जिल्लाको रुपमा पूर्णखोप सुनिश्चितता दिगोपना घोषणा गरिएको हो ।

बिहीबार सदरमुकाम बेसीसहरमा आयोजित एक कार्यक्रमका बीच लमजुङलाई पूर्ण खोप सुनिश्चितता दिगोपना जिल्ला घोषणा गरिएको हो । राष्ट्रिय खोप तालिकामा समावेश भएका सबै खोप, सबै बालबालिकाले लगाएकाले जिल्लालाई पूर्ण खोप सुनिश्चितता दिगोपना भएको मान्ने गरिन्छ ।

तोकिएको मापदण्डअनुसार यस वर्ष लमजुङका एक हजार पाँच सय ८० जना खोप लगाउनुपर्ने सबै बालवालिकाले खोप लगाएकाले लमजुङलाई पूर्ण खोप सुनिश्चितता दिगोपना जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक यम बरालले जानकारी दिए । उनले भने, ‘लमजुङका आठवटै स्थानीय तहले पूर्ण खोप घोषणा गरेसँगै जिल्लालाई बिहीबार पूर्ण खोप सुनिश्चतता दिगोपना जिल्ला घोषणा गरिएको हो ।’

हालसम्म राष्ट्रिय खोप तालिकामा १३ वटा रोगविरुद्धको खोप समावेश गरिएको छ । सोहीअनुसार जन्मेदेखि १५ महिनाभित्रका सबै बालबालिकाले यो खोप पूर्ण रूपमा लगाएको हुनुपर्दछ । लमजुङलाई २६ पुस ०७३ पूर्णखोप जिल्ला घोषणा गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *