आइएमई जनरल इन्स्युरेन्सले कम्पनीको लागि तोकिएका जिल्लाहरु जिल्लामा क्षति मुल्याङ्कनकर्तालाई तालिम दिएको छ ।
कम्पनीले बीमा समितिबाट जारी कृषि तथा पशुपन्छी बीमा निर्देशिका, २०७७ बमोजिम कृषि तथा पशुपन्क्षी बीमा क्षति मुल्याङ्कनकर्ताको व्यवस्था गर्न सोलुखुम्बु र ओखलढुङ्गामा तालिम दिएको हो ।
कात्तिक २८ दखि ३० गतेसम्म संचालन भएको उक्त तालिममा १५ जना व्यक्तिहरुको सहभागिता रहेको थियो ।
उक्त तालिम पश्चात कृषि तथा पशुपन्छी बीमाको क्षतिको लागि तोकिएको सीमाभन्दा बढीको क्षतिमा क्षति मुल्याङ्कनकर्ताले मुल्याङ्कन गरी दावी भुक्तानी गर्ने व्यवस्थाबाट कृषि तथा पशुपन्छी बीमामा उल्लेख रुपमा सुधार भई कम्पनीले ग्राहकलाई बीमा सेवा प्रदान गर्न सहज हुने कम्पनीले जनाएको छ ।
Artha Sanjal






