वाणिज्य बैंकहरुको नाफा ५८ अर्ब ३३ करोडमाथि, कुन बैंकको कति?

वाणिज्य बैंकहरुको नाफा ५८ अर्ब ३३ करोडमाथि(कुनको कति ?)

चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म २७ वाणिज्य बैंकको नाफा ५८ अर्ब ३३ करोड ७९ लाख रुपैयाँ रहेको छ । सबैभन्दा बढी नाफा कमाउनेमा ग्लोबल आइएमइ बैंक र एनआइसी एसिया बैंक रहेको छ । दुवैको नाफा चार अर्बभन्दा माथि रहेको छ ।

ग्लोबल आइएमइ बैंकले ४ अर्ब ३१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ भने एनआइसी एसियाले ४ अर्ब ११ करोड रुपैयाँ नाफा गरेको छ ।
नबिल बैंक तेस्रोमा छ । नबिलले ३ अर्ब ८२ करोड रुपैयाँ नाफा गरेको छ ।

राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब ४६ करोड र प्राइम बैंकले ३ अर्ब १५ करोड नाफा गरेको छ । बाँकी बैंकको नाफा तीन अर्बभन्दा तल छ । सिभिल बैंकको नाफा १ अर्ब ५ करोड रहेको छ । लक्ष्मी बैंकको नाफा ९२ करोड ८७ लाख रहेको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *