श्रमिकको हकअधिकारबारे बजेटमा केही छुटेका भए कुनै न कुनै रूपमा सम्बोधन हुन्छः प्रधानमन्त्री

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले अहिलेको सरकार कांग्रेसको एकलौटी सरकार नभएकाले धेरै दाबी गर्न नमिल्ने बताएका छन्।

काठमाडौंमा आइतबारदेखि सुरु भएको नेपाल ट्रेड युनियन कांग्रेसको राष्ट्रिय सम्मेलनमा देउवाले विभिन्न विषयमा कांग्रेस नेता कार्यकर्ताले दाबी गर्न नमिल्ने बताएका हुन्।

‘यो कांग्रेसको एकलौटी सरकार होइन,’ प्रधानमन्त्री देउवाले भने, ‘यो नबुझिकन तपाईंहरूले क्लेम गर्ने कुरा छैन।’ उनले नीति तथा कार्यक्रममा आएका कुराहरू कतिपय बजेटमार्फत सम्बोधन गरिएको र छुटेका भए कुनै न कुनै माध्यमबाट सम्बोधन गरिने विश्वास दिलाए । सम्मेलन सोमबारसम्म चल्ने छ ।

उनले २००३ सालमा कांग्रेस नेता गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा स्थापित नेपाल ट्रेड युनियन महासंघले श्रमिकका हकअधिकारबारे धेरै काम गरेको बताए । देउवाले अहिलेको आर्थिक परिस्थिति रुस–युक्रेन युद्धले सिर्जना गरेकोसमेत बताए ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *