एक्सेल डेभलपमेन्ट बैंकको विराटनगर शाखा स्थानान्तरण

एक्सेल डेभलपमेन्ट वैंक लिमिटेडको विराटनगर महानगरपालिका वडा नंं.७ शनिमन्दिर चोक स्थित शाखा, उक्त स्थानबाट करीव १०० मीटर दुरी दक्षिण तर्फ धरान—विराटनगर रोडको पश्चिम दिशामा स्थानान्तरण भएको छ । बैंकले उक्त शाखा स्थानान्तरण सम्बन्धी औपचारिक कार्यक्रम मिति २०७९ साल जेठ २४ गते मंगलवारका दिन सम्पन्न गरेको छ ।

उक्त शाखा स्थानान्तरण कार्यक्रमको उद्घाटन प्रमुख अतिथी मोरङ व्यापार संघका अध्यक्ष नविन रिजाल र वैंकका संचालक श्रीमती सुषमा शर्मा वस्तीले संयुक्त रुपमा गरे । आर्थिक र व्यापारिक दृष्टिकोणले प्रमुख भुमिका भएको शहर विराटनगरमा अवस्थित उक्त शाखाबाट ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप योजना मार्फत रकम जम्मा गर्न सक्नेछन् ।

साथै आफ्नो आवश्यकता वमोजिम आवाश, सवारीसाधन, व्यक्तिगत, व्यापारिक लगायत कर्जा सुविधा लिन सक्ने सुविधा प्रदान गर्नुका साथै ग्राहकहरुकै रोजाइको माध्यम अर्थात ABBS, C-ASBA, IPS, Connect IPS, Online Clearing, QR Code तथा स्मार्ट मोवाईल बैंकिग (Smart Mobile Banking) , भारत र भुटानसमेतमा प्रयोग गर्न सकिने सुविधा सहितको Visa Debit Card, रेमिटान्स सेवा लगायतका अधिकांश वैंकि¨ सेवाहरु उक्त शाखा कार्यालयबाट प्रदान गरिदै आएको छ ।

यस बैंकको हालसम्म लगानीमा रहिरहेको कर्जा लगभग १० अर्व ५८ करोड रुपैयाँ रहेको छ भने निक्षेप संकलन लगभग ११ अर्व २७ करोड रुपैयाँ गरेको छ । झापाको विर्तामोडमा केन्द्रीय कार्यालय रहेको यस बैंकले हाल झापा, इलाम, मोर¨, पॉचथर र सुनसरीका विभिन्न ४३ स्थानमा अवस्थीत आफ्ना शाखा कार्यालयहरु मार्फत ग्राहकहरु समक्ष बैंकिँग सेवा प्रदान गरिरहेको छ भने यसै महिनाभित्रमा मोरङ जिल्लाको पथरीमा थप नयाँ शाखा संचालनमा आउने र आगामी दिनमा १ नम्बर प्रदेशभर आफ्नो कार्य संजाल वृद्धि गर्ने उदेश्यका साथ पुँजी वृद्धि योजना अघि बढाएको छ ।

एक्सेल डेभलपमेन्ट बैंकका संचालक श्रीमति सुषमा शर्मा वस्तीको अध्यक्षतामा सम्पन्न भएको शाखा स्थानान्तरण कार्यक्रममा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत लेखराज कार्कीले स्वागत मन्तव्य राख्नु भएको तथा बैंकको वर्तमान गतिविधिहरुका बारेमा प्रमुख कार्यकारी अधिकृत डा. ईन्द्रकुमार कट्टेलले प्रकाश पारेका थिए । उक्त कार्यक्रममा बैंकका संस्थापक शेयरधनी डा.रुपकप्रसाद खनाल र उद्योगी–व्यावसायी श्याम प्रसाद पौडेल लगायतले शुभकामना सहितको मन्तव्य राखेका थिए भने प्रमुख अतिथी मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले आफ्नो मन्तव्य सहित शुभकामना प्रदान गरे । उक्त उदघाट्न कार्यक्रमको संचालन बैंकका कम्पनी सचिव श्री श्याम बहादुर बोहोराले गरेका थिए ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *