पाँच डीआईजीलाई एआईजीमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय

 सरकारले नेपाल प्रहरीका ५ जना डीआईजीलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले बढुवा समितिको सिफारिसमा परेका ५ डीआईजीलाई बढुवा गर्ने निर्णय गरेको हो।

डीआईजीहरु उत्तमराज सुवेदी, अरुणकुमार बिसी, दिवेश लोहनी, मुकुन्दराज आचार्य र पुजा सिंह एआईजीमा बढुवा भएका हुन् । ५ डीआईजी एआईजीमा बढुवा भएसँगै रिक्त डीआईजीको संख्या १७ पुगेको छ। नेपाल प्रहरीमा हाल ३ जना मात्रै डीआईजी कार्यरत छन्।

जेठ ९ गते बसेको बढुवा समितिको बैठकले ५ डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *