आयल निगमका कर्मचारीले बाणिज्य बैंकबाट विनाधिताे कर्जा पाउने

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल आयल निगमबीच तलबी बचत खाता सञ्चालन तथा विना धितो पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र निगमका नि. कार्यकारी निर्देशक नागेन्द्र साहले आइतबार हस्ताक्षर गरेका छन् ।

सम्झौतापश्चात अब निगममा न्यूनतम दुई वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीले निगमकोे सिफारिसमा अधिकतम १५ लाख रुपैयाँसम्म बैंकको उपभोक्ता कर्जा निर्देशिका, २०७७ को अधिनमा रही बिनाधितो पेशाकर्मी सरल कर्जा पाउने छन् ।

बैंकले आधार दरमा दुई प्रतिशत प्रिमियम जोडी ब्याजदर कायम गरी कर्जा दिनेछ । हाल बैंकको आधार दर पाँच दशमलव ४१ प्रतिशत छ । सम्झौताअनुसार निगमका कर्मचारीको तलबी खाता बैंकले संचालन गर्नेछ । यस सम्झौतापश्चात दबै पक्ष लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।

कार्यक्रममा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी, मुख्य शाखा कार्यालयकी शाखा प्रबन्धक दुर्गाकुमारी छत्कुल्ली कँडेल, विभागीय प्रमुख सरोज बस्नेत, सहायक शाखा प्रबन्धक हेमराज खरेल, निगमका नि. निर्देशक सुष्माकुमारी कर्णलगायतको उपस्थिति थियो । बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा दुई सय ५६ वटा शाखा कार्यालय, दुई सय १८ वटा एटिएम र ९८ वटा शाखारहित बैंकिङ्ग रहेको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *