पेट्रोलियम पदार्थकाे मुल्यवृद्धि फिर्ता लिन माग

अनेरास्ववियू खोटाङले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ । अनेरास्ववियूले जिल्ला प्रशासन कार्यालयमार्फत आइतबार नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई ज्ञापन पत्र पठाउँदै पेट्रोलियम पदार्थको मूल्यवृद्धिले देशका अन्य तमाम क्षेत्रको मूल्यमासमेत प्रभाव पारेको भन्दै तत्काल फिर्ता लिन माग गरेको हो ।

गठबन्धन सरकारको निर्देशनमा नेपाल आयल निगमले १२ दिनकाे अन्तरालमा पेट्रोल, डिजेल र मट्टितेलमा तीन रुपैयाँ, हवाई इन्धनमा पाँच रुपैयाँ र एलपी ग्याँसमा ७५ रुपैयाँ मूल्यवृद्धि जनताको ढाड सेकाउने काम भएको अनेरास्ववियुको आराेप छ । मूल्य समायोजनको बहानामा अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा पटक पटक वृद्धि गर्ने तर घट्दा मूल्य नघटाउने नेपाल आयल निगमको कदमप्रति अनेरास्ववियूले खेद प्रकट गरेको छ ।

अनेरास्ववियू खोटाङका संयोजक खेमराज राईले बुझाएको ज्ञापन–पत्रमा शान्तिपूर्ण आग्रहलाई बेवास्ता गरिए जस्तोसुकै प्रतिकार गर्ने चेतावनी दिएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *