शेयर बजारमा ८.०३ अंकको वृद्धि, कारोबार रकम एक अर्ब पनि पुगेन

साताको पाँचौ दिन नेप्सेमा सामान्य सुधार आएको छ । बिहिबार नेप्से परिसूचक ८.०३% ले बढेर २२३९ दशमलव ६० बिन्दुमा बन्द भएको छ ।

नेप्सेमा सूचीकृत २२२ कम्पनीको २३ लाख २४ हजार ६६५ कित्ता शेयर किनबेच भएको छ । नेप्सेमा सुधार आएको भए पनि कारोबार भने ८८ करोड ९८ लाख ३४ हजार ९०८ रुपैयाँमा सिमित भएको छ ।

नेप्से बढेर कारोबार समेत खुम्चिएको भए पनि मेगा बैक नेपालको शेयरमा आज सर्किट लागेको छ । नारायणी डेभलमपेन्ट बैंकको ६.२०%  कुमारी इक्वाटी फण्डको ५.२६% ग्रीनलाइफ हाइड्रोपावरको ४.०३% र एनआईबिएल समृद्धि फण्ड २ को ३.५३% ले बढेको हो ।

बिहिबार सर्वाधिक गुमाउने कम्पनीमा गुराँस लघुवित्त रहेको छ । कम्पनीको शेयर आज ५.४७% ले घटेको हो । साथै, सिगंटी हाइड्रो इर्नर्जीको ३.७६% र जलविद्युत परियोजनाको ३.६१% र माउन्टेन इर्नर्जी नेपालको ३.५५% ले घटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *