डिजिटल सहताका लागि आइएमई पे र सेञ्चुरी कमर्सियल बैंकबीच साझेदारी

काठमाण्डौ । आइएमई पे र सेञ्चुरी कमर्सिअल बैंकबीच पाटर््नर बैंक सम्झौता भएको छ ।

हालै काठमाण्डौमा आयोजित एक कार्यक्रमबीच सोसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको हो ।

सम्झौतापत्रमा आइएमई पेका तर्फबाट कार्यवाहक प्रमुख कार्यकारी अधिकृत आमोद भट्टराई र बैंकका तर्फबाट प्रधान व्यापार विकास अधिकारी शंकर केसीले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार डिजिटल सहजताका निम्ति आइएमई पे मोबाइल वालेट एपमा सेञ्चुरी कमर्सियल बैंकको खाता लिंक गरी बैंकको वित्तीय सुविधाहरु आइएमई पे एपमा प्रयोग गर्न मिल्ने कम्पनीले प्रस्टाएको छ ।

हालसम्म नेपालको २३ वटा बैंक तथा वित्तीय संस्थासँग सो सम्झौता गरेको आइएमई पेले यस लिंक–अपको विभिन्न फाइदा भएको जनाएको छ । आइएमई पेमा बैंक लिंक गरेपश्चात उपभोक्ताले आफ्नो सुविधाअनुसार सेञ्चुरी कमर्सियल बैंकको खातामा आइएमई पे एपबाट निःशुल्क पैसा पठाउन वा सार्न मिल्छ ।

उपभोक्ताले सीधै आइएमई पेको पिन नं. राखी पैसा पठाउन वा सार्न मिल्ने (बैंक खाताको विवरण नचाहिने) तथा आफ्नो सेञ्चुरी कमर्सियल बैंकको खाताको ब्यालेन्स आइएमई पे एपमा प्रत्यक्ष हेर्न मिल्ने गरी सिस्टम अध्यावधिक गरिएको जनाएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *