भरतपुर महानगरपालिकामा मेयर पदकी उम्मेदवार माओवादी केन्द्रकी रेणु दाहालले अग्रता कायमै राखेकी छन् । ताजा मतपरिणामअनुसार कुल ५४ हजार २४४ मत गणना हुँदा दाहालको अग्रता ३२८४ ले अग्रता बनाएकी हुन् ।
मतपरिणामअनुसार रेनु दाहालले २० हजार ५५७ मत र एमालेका मेयरका उम्मेदवार विजय सुवेदीले १७ हजार २७३ मत पाएका छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ७ हजार ९०२ मत पाएका छन् ।
उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारीले २३ हजार १९ र राप्रपाकी हिमला गुरुङले १३ हजार ७१३ मत पाएकी छन्
Artha Sanjal






