जनकपुरधाम उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार मनोजकुमार साहले मतान्तर फराकिलो बनाउँदै लगेका छन् ।
पछिल्लो मत परिणाम अनुसार मेयर पदमा साहले अग्रता कायम राखेका छन् । साहले ६ हजार २९१ मत ल्याउँदा नेकपा एमालेका उम्मेदवार शिवशंकर साह हिराले ४ हजार १२३ मत ल्याएका छन् ।
यस्तो लोसपाका मनोज चौधरी २ हजार ६४७ मत र स्वतन्त्र उम्मेदवार बलराम महतो २ हजार १५३ मतका साथ चुनावी प्रतिस्पर्धमा छन् । जसपाका लालकिशोर साहले १ हजार ८३८ मत पाएका छन् ।
उमेयरमा कांग्रेसकी किशोरी साहले ६ हजार ९६६ मत प्राप्त गरेकी छन् । उनलाई एमालेकी रुना झाले ४ हजार ७०३ मतका साथ पछ्याइरहेकी छन् । लोसपाकी रिताकुमारी मिश्रले २ हजार ७०८ मत र स्वतन्त्र उम्मेदवार निर्मल चौधरीले २ हजार १९१ मत प्राप्त गरेका छन् ।
Artha Sanjal






