नेपालगञ्ज उपमहानगरमा गठबन्धनका प्रशान्त विजयी

नेपालगन्ज उपमहानगरपालिकाकाे मेयरमा गठबन्धनका प्रशान्त विष्ट विजयी भएका छन् । विष्टले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका पशुपतिदयाल मिश्रलाई डबल मतले पराजित गरेका हुन् । विष्टले २३ हजार ४६० मत ल्याउँदा मिश्रले ११ हजार ६७५ मत ल्याए ।

अर्का उम्मेदवार राप्रपाका नन्दलाल वैश्यले ७ हजार ५९८ मत ल्याएका छन् ।

उपमेयरमा गठबन्धनका कमरुद्दिन राई विजयी भएका छन्। राई १७ हजार ९५० मत ल्याई विजयी भएका हुन् । एमालेकी शान्ति ढकालले १० हजार ९१५ र विन्दु चर्तिमगरले १० हजार १३५ मत ल्याए ।

नेपालगन्जकाे २३ वटामा जसपाले ६ वटा, एमाले र कांग्रेसले ५-५, मा‍ओवादीले ४ र राप्रपाले ३ वटा वडा जितेकाे छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *