नेकपा एमालेबाट फुटेर बनेको एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेशमा सवैभन्दा ठूलो दल हो । नेकपा एमालेबाट विजयी २५ मध्ये १४ सांसद एकीकृत समाजवादीतिर लागेका छन् ।
५२ सदस्यीय प्रदेश सभामा सवैभन्दा ठूलो दल बनेको एकीकृत समाजवादीले स्थानीय तहमा भने प्रभाव देखाउन सकेको छैन ।
सुदूरपश्चिमका ६८ स्थानीय तहको नतिजा सार्वजनिक भएको छ । त्यसमा ३२ कांग्रेस, २३ एमाले र १२ माओवादीले जितेका छन् भने एक पालिकामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।
८८ वटा पालिका रहेको सुदूरपश्चिमका २० पालिकाको नतिजा आउन बाँकी छ । गठबन्धनबाट एकीकृत समाजवादीले प्राप्त गरेका पालिकामा उसले हार बेहोर्नुपरेको छ ।
Artha Sanjal






