जाल्पा सामुदायिक लघुवित्त वित्तयि संस्था लिमिटेडको साधारण सभा यही जेठ २८ गते हुने भएको छ । कम्पनीको जेठ १ गते बसेको ८४ औं बैठकले साधारणसभाको मितिका साथै बुक क्लोज (सेयर दाखिला खारेजी) गर्ने अवधिसमेत तय गरेको हो ।
बुटवल रुपन्देहीमा हुने भनिएको उक्त साधारण सभा प्रयोजनको लागि जेठ १२ गते बिहीबारदेखि जेठ २८ गते शनिबारसम्म बुक क्लोज हुनेछ । कम्पनीले साधारणसभामा नगद लाभांश, वोनश सेयर र हकप्रद सेयरसम्बन्धी प्रस्ताव नभएको जानकारी दिएको छ ।
Artha Sanjal






