काठमाडौँ । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन आजदेखि भरतपुर मा सुरु हुँदैछ। महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना मन्तव्यका लागि संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई निमन्त्रणा गरिएको रास्वपाले जनाएको छ।
तर, रास्वपाको महाधिवेशन उद्घाटन सत्रमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड भने सहभागी नहुने भएका छन् ।
कांग्रेसका सभापति गगन थापा,एमालेबाट केन्द्रीय सदस्य प्रदीप ज्ञवाली, नेकपाबाट नेता वर्षमान पुन, जनमतका अध्यक्ष डा.सीके राउत, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र राप्रपाबाट अध्यक्ष राजेन्द्र लिङ्देन महाधिवेशनमा सहभागी हुने भएका छन् ।
त्यस्तै यता श्रम संस्कृति पार्टीबाट भने कोही पनि प्रतिनिधि सहभागी नहुने भएको सो पार्टीका नेताहरूले बताएका छन् । राप्रपाबाट अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी हुने भएका छन् ।
रास्वपाको पहिलो महाधिवेशन आइतबार उदघाटन हुँदैछ असार ८ र ९ गते बन्द सत्र र निर्वाचन हुनेछ ।






