रासायनिक मलमा कालोबजारी नियन्त्रण गर्न हटलाइन नम्बर सञ्चालन, सीधै उजुरी दिन सकिने

काठमाडौं। कृषि, वन तथा पर्यावरण मन्त्रालयले रासायनिक मल आपूर्ति तथा वितरणमा हुन सक्ने अनियमितता र कालोबजारी नियन्त्रण गर्न हटलाइन नम्बर सञ्चालनमा ल्याएको छ।

मन्त्रालयले मलसम्बन्धी गुनासो, उजुरी तथा जानकारी संकलनका लागि ९७०००९९११३ नम्बर तोकेको जनाएको छ।

उक्त नम्बरमा किसान तथा सरोकारवालाले बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म सम्पर्क गरी मल अभाव, कालोबजारी, कृत्रिम अभाव सिर्जना, वितरणमा अनियमितता लगायतका विषयमा जानकारी दिन सक्नेछन्।

मलसम्बन्धी गुनासो व्यवस्थापनलाई थप प्रभावकारी बनाउन मन्त्रालयले क्यूआर कोडमार्फत पनि उजुरी दर्ता गर्न सकिने व्यवस्था गरेको छ। क्यूआर कोड स्क्यान गरी सेवाग्राहीले सधै आफ्नो गुनासो तथा सुझाव पठाउन सक्नेछन्।

धान रोपाइँको मुख्य सिजनमा रासायनिक मलको माग बढ्ने भएकाले आपूर्ति तथा वितरण प्रणालीलाई पारदर्शी र व्यवस्थित बनाउन यो व्यवस्था लागू गरिएको मन्त्री गिता चौधरीले बताइन्।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *