आज प्रतिनिधिसभामा मन्त्रालयगत बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै मन्त्री

काठमाडौं । प्रतिनिधिसभाको आज बस्ने बैठकमा विभिन्न मन्त्रालयको बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने भएका छन्।

संघीय संसद सचिवालयका अनुसार बिहान ११ बजे बस्ने बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत मन्त्रालयगत शीर्षकमाथि भएको छलफलमा उठेका जिज्ञासा, प्रश्न र सुझावबारे मन्त्रीहरूले स्पष्टीकरण दिने कार्यसूची रहेको छ।

आजको बैठकमा युवा तथा खेलकुद, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग सम्बन्धित प्रश्नको जवाफ प्रस्तुत गरिनेछ। त्यस्तै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका बजेटमाथि उठेका प्रश्नको पनि सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यक्रम रहेको छ।

यस्तै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तथा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गतका विभिन्न शीर्षकमाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको समेत जवाफ प्रस्तुत गरिनेछ।

प्रतिनिधिसभामा मन्त्रालयगत बजेटमाथिको छलफल जारी रहेकाले मन्त्रीहरूको जवाफपछि सम्बन्धित शीर्षकहरू निर्णयार्थ प्रस्तुत गरिने छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *