कर्णालीको बजेट मन्त्रिपरिषद्‍बाट स्वीकृत

सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रदेश मन्त्रिपरिषद्‍बाट स्वीकृत भएको छ ।

सोमबार अपराह्न बसेको मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्षको बजेट स्वीकृत गरेको सरकारका प्रवक्ता विनोदकुमार शाहले जानकारी दिए ।

उनका अनुसार कर्णाली प्रदेश आर्थिक विधेयक २०८३ र कर्णाली प्रदेश विनियोजन विधेयक २०८३ प्रदेशसभामा पेस गर्न स्वीकृति प्रदान गरिएको छ । बजेट पारित भएसँगै अब प्रदेश सभा बैठकमा प्रस्तुत गरिनेछ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *