इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट नयाँ खरिद मूल्य प्राप्त भए तापनि निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोल, डिजेल र मट्टितेलको उपभोक्ता मूल्यमा कुनै फेरबदल नगर्ने निर्णय गरेको हो।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा आएको उतारचढावका बीच स्वचालित मूल्य प्रणाली बमोजिम मूल्य समायोजन गर्नुपर्ने व्यवस्था छ। तर, निगमले हाललाई साविककै मूल्यलाई कायम राखेको निगमले जनाएको छ।
Artha Sanjal







