शेयर बजारमा दोहोरो अंकको गिरावट, ४ अर्ब ४१ करोडकाे कारोबार

काठमाडौं । आज साताको पहिलो कारोबार दिन शेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक १२.२६ अंकले घटेर २७११.७६ को विन्दुमा बन्द भएको छ ।

आज ३५० कम्पनीको शेयर किनबेच हुँदा ४ अर्ब ४१ करोड माथिको शेयर कारोबार भएको छ । आज ७३ कम्पनीको शेयर मूल्य बढेको छ भने १८८ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज सबैभन्दा धेरै आँखुखोला जलविद्युतको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३८ करोड ८५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनबीबीएल डिबेञ्चरको २७ करोड ४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । लक्ष्मी सनराइज बैंकको २२ करोड ८८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सोपान फर्मास्युटिकल्सका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका छन् । अपोलो हाइड्रोपावरका लगानीकर्ताले पनि १४.९९ प्रतिशतका दरले कमाएका छन् । सयपत्री हाइड्रोपावरका लगानीकर्ताले ४.८२ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै ग्रिन डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । आज यसका लगानीकर्ताले ७.९४ प्रतिशतका दरले गुमाएका हुन् ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *