काठमाडौँ। सङ्घीय संसद्अन्तर्गत राष्ट्रिय सभाको एक्काइसौँ अधिवेशनको १८औँ बैठक आज बस्दै छ। संसद् सचिवालयका अनुसार बैठक सोमबार अपराह्न १:१५ बजेका लागि तय गरिएको छ।
बैठकको मुख्य एजेन्डा आगामी आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको सामान्य छलफल रहनेछ। बजेटका विभिन्न पक्षबारे सदस्यहरूले आफ्नो धारणा राख्ने कार्यक्रम रहेको छ।
सङ्घीय संसद् सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेय का अनुसार आजको बैठकका लागि सम्भावित दैनिक कार्यसूची तय भइसकेको छ।
बजेटमाथिको सामान्य छलफल सम्पन्न भएपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले सांसदहरूले उठाएका प्रश्न र जिज्ञासाहरूको जवाफ दिने कार्यसूची रहेको छ।
Artha Sanjal






