प्रतिनिधिसभा बैठक बस्दै, अर्थमन्त्री वाग्लेले बजेटमाथि उठेका प्रश्नको जवाफ दिने

काठमाडौं। संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ।

बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको सामान्य छलफललाई निरन्तरता दिइनेछ।

आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

साथै, उनले विनियोजन विधेयक, २०८३ र राष्ट्र ऋण उठाउने विधेयक, २०८३ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ।

यस्तै, अर्थमन्त्री वाग्लेले नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ पनि संसद्मा प्रस्तुत गर्नेछन्।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *