छापामार शैलीमा आएर प्रधानमन्त्रीले फेरि उद्दण्डता मच्चाउँछ्न् कि भन्ने डर छ : सांसद आङ्देम्वे

काठमाडौं । नेपाली कांग्रेसले अब प्रधानमन्त्री बालेन्द्र शाहलाई सदनमा नखोज्ने बताएको छ ।

आज जारी संसद बैठकमा बोल्दै कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्वेले प्रधानमन्त्रीले बोलेकै कुरामा अब संसद लामो समय अल्मलिन नहुने पनि बताए ।

उनले संसदको रोष्ट्रममा उभिएर बोल्दै संसद प्रधानमन्त्रीलाई नचाहिएको भए पनि प्रतिपक्षीलाई प्रधानमन्त्री चाहिएको भन्दै प्रधानमन्त्रीको उपस्थितिलाई छापामार शैली भने।

‘प्रधानमन्त्री फेरि कुनै दिन छापामार शैलीमा आएर उद्दण्डता मच्चाइदिनुहोला भन्ने डर लाग्न थालेको छ । त्यसैले अब म उहाँलाई खोज्न चाहन्न। मेरो मुलुकका प्रश्नहरू उहाँको उपस्थिति भन्दा पनि ठूला छन्, संवेदनशिल छ। प्रधानमन्त्रीले छापामार शैलीमा आएर बोलेका कुरामा अल्मलिएर गरिमामय संसदको अमूल्य समय खेर फाल्नु हुन्न,’ उनले भने ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *