वायु सेवा निगमका कर्मचारीको सेटिङमा एकै व्यक्तिका नाममा २ वटा बोर्डिङ पास

काठमाडौं । नेपाल प्रहरीले भिजिट भिसामा सेटिङ गर्ने नेपाल वायु सेवा निगमका २ जना कर्मचारीलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार सुमित्रा चन्द र प्रविन अधिकारीलाई पक्राउ गरिएको हो।  उनीहरु दुवैजना नेपाल वायु सेवा निगमको करारका कर्मचारी हुन्।

ग्राउण्ड हेन्डेलिङको रुपमा काम गर्ने उनीहरुले भारतीय नागरिकलाई  नियम विपरीत प्रस्थान अनुमति दिन सहयोग गरेको आरोप लागेको छ। फ्लाई दुवईको सँगको सेटिङमा विदेशी नागरिकलाई उनीहरुले बोर्डिङ पास उपलब्ध गराएका थिए।

भारतीय नागरिकसँग नेपालस्थित भारतीय दूतावासले जारी गरेको नो अब्जेक्सन लेटर नभएको पाइएको प्रहरी स्रोतले जनाएको छ।

भारतीय नागरिकले भारत जान इन्डिगो एयरलाइन्सबाट बोर्डिङ लिएको र अध्यागमन, सुरक्षा जाँच पार गरिसकेपछि उनलाई फ्लाई दुवईको अर्को बोर्डिङ पास हातमा थमाइएको थियो। ति दुई कर्मचारीले गत साता ति भारतीय नागरिकलाई सेटिङ गरेर दुवई पठाउन सहयोग गरेका थिए। उनीहरुमाथि आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *