असार १५ भित्रै मौद्रिक नीति ल्याउने तयारी, राष्ट्र बैंकले माग्यो सुझाव

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति आउँदो असार १५ गतेभित्रै ल्याउने तयारी थालेको छ ।

राष्ट्र बैंकले मौद्रिक नीति ल्याउनका लागि सर्वसाधारण र संघसंस्थासँग सुझाव माग गरेको छ । इच्छुक व्यक्ति तथा संस्थाले असार ५ गतेभित्र आर्थिक अनुसन्धान विभागको इमेलमार्फत सुझाव पठाउन सक्नेछन्। प्राप्त सुझावलाई समेटेर मौद्रिक नीति निर्माण गरिने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा भएको व्यवस्थाबमोजिम यस बैंकले तर्जुमा गर्ने आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिका लागि राय/सुझाव २०८३ असार ०५ गते भित्र आर्थिक अनुसन्धान विभागको इमेलमा पठाउन सकिने व्यवस्था गरिएको छ ।

सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरिसकेको छ । बजेटमा समावेश भएका कार्यक्रम तथा लक्ष्यहरूमा निर्धारण भइसकेकाले सोही आधारमा मौद्रिक नीति ल्याउने राष्ट्र बैंकको तयारी छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *