गोर्खाज फाइनान्सले बोलायो साधारण सभा

गोर्खाज फाइनान्सले जेठ २७ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको वैशाख २६ गते बसेको सञ्चालक समिति बैठकले यस्तो निर्णय गरेको हो । सभा अनुपम फुडल्यान्ड एन्ड ब्यांक्वेट, बानेश्वर काठमाडौंमा बिहान ११ः३० बजे सुरु हुनेछ ।

कम्पनीले यसपटक पनि लगानीकर्तालाई लाभांश भने वितरण नगर्ने भएको छ । साधारण सभा प्रयोजनका लागि गोर्खाजले जेठ १२ गतेबाट जेठ २७ गतेसम्म बुक क्लोज गर्दैछ । जेठ ११ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन सक्नेछन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *