हेटौंडा उपमहानगरपालिकाको मेयरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवारले ३४० मतको अग्रता लिएका छन् ।
मंगलबार मध्याह्न साढे १ बजेसम्मको गणनामा राप्रपाका दीपकबहादुर सिंहले आठ हजार ६९३ मत पाएका छन् । प्रतिस्पर्धी नेकपा (एकीकृत समाजवादी) की मीना लामाले आठ हजार ३५३ मत पाएकी छन् ।
शुरूआति अग्रता बनाएका नेकपा (एमाले)का अनन्त पौडेल अहिले तेस्रो नम्बरमा छन् । उनले ६ हजार ८५३ मत पाएका छन् ।
हेटौंडामा पहिलो दिन एमाले उम्मेदवारले अग्रता बनाएका थिए । दोस्रो र तेस्रो दिन एकीकृत समाजवादीले अग्रता बनाएको थियो भने आज बिहानैदेखि राप्रपाले अग्रता लिइरहेको छ ।







