शेयर बजारमा दोहोरो अंकको गिरावट, ५ अर्ब ६२ करोडकाे कारोबार

काठमाडौं । आज साताको अन्तिम कारोबार दिन पनि शेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक ११.३७ अंकले घटेर २७५५.४१ को विन्दुमा बन्द भएको छ ।

आज ३५१ कम्पनीको शेयर किनबेच हुँदा ५ अर्ब ६२ करोड माथिको शेयर कारोबार भएको छ । आज ७४ कम्पनीको शेयर मूल्य बढेको छ भने १८४ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज सबैभन्दा धेरै आँखुखोला जलविद्युतको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ५५ करोड ६९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिटी होटलको १९ करोड ५९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनबीबीएल डिबेञ्चर २०८५ को १८ करोड ८६ लाख रुपपैयाँको कारोबार भएको छ ।

आज सबैभन्दा धेरै कालिञ्चोक हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका हुन् । उपकार लघुवित्तका लगानीकर्ताले ९.७१ प्रतिशतका दरले कमाएका छन् । लक्ष्मी बैंक डिबेञ्चरका इकाईधनीले ७.७० प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै होटल फरेष्ट इनका लगानीकर्ताले गुमाएका छन् । आज यसका लगानीकर्ताले ४.२२ प्रतिशतका दरले गुमाएका हुन् ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *