काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र नेपाल पुलिस फुटबल क्लब बीच खेलकुद क्षेत्रको विकास, खेलाडी तथा कर्मचारीहरूको वित्तीय सुरक्षा अभिवृद्धि एवं संस्थागत सहकार्य विस्तार गर्ने उद्देश्यले सम्झौता भएको छ ।
उक्त सम्झौतापत्रमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र राष्ट्रयि प्रहरी प्रशक्षिण प्रतष्ठिानका प्रहरी अतिरिक्त महानिरीक्षक शिद्धी बिक्रम शाहले हस्ताक्षर गरेका छन् ।
सम्झौतापश्चात नेपाल पुलिस अन्तर्गतको राष्ट्रिय प्रहरी प्रशक्षिण प्रतष्ठिानसँग आवद्ध खेलाडी, प्रशिक्षक, कर्मचारी तथा पदाधिकारीहरू लगायत नेपाल पुलिसलाई आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सका विभिन्न बीमा योजनामा आवद्ध गरी सेवा प्रदान गरिने कम्पनीले जनाएको छ ।
यस सहकार्य अन्तर्गत आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले नेपाल पुलिस फुटबल क्लबलाई आर्थिक सहयोग प्रदान गर्नेछ । उक्त सहयोगले क्लबको खेलकुद गतिविधि, खेलाडी विकास तथा संस्थागत सुदृढीकरणमा टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ ।







