काठमाडौं । नेपाली कांग्रेसले बारा जिल्ला सभापति राजेश राय यादव लाई पदबाट निलम्बन गरेको छ।
गत फागुन २१ मा समपन्न निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारलाई निर्वाचनमा हराउन लागेको भनी नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिमा यादवविरुद्ध उजुरी परेको थियो ।
बिहीबार बसेको केन्द्रीय अनुशासन समितिको बैठकले उनलाई अनुशासन उल्लघंन गरेको कसुरमा अन्तिम निर्णय नहुन्जेल सम्मका लागि निलम्बन गरेको पार्टीका सचिव दिनेश थापामगरले जानकारी दिए ।
यादवसहित १६ जनाको नाम कारबाहीका लागि केन्द्रसमक्ष सिफारिस भएको थियो ।
Artha Sanjal






