काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले अहिलेकै ढङ्गले पार्टी चल्न नसक्ने बताएका छन् ।
सदस्यता नवीकरण कार्यशालालाई सम्बोधन गर्दै उनले अध्यक्ष केपी ओलीकै सामु पार्टी पुनर्गठनको विकल्प नभएको बताएका हुन् । उनले भने, ‘हाम्रो पार्टीमा अहिले हामीले जसरी काम गर्दैर्छौँ, यही रूपमा यस्तै ढङ्गले हाम्रो पार्टी अगाडि बढ्न सक्दैन भन्ने निष्कर्ष निकालेका छौँ । पार्टीको सङ्गठनात्मक जीवनलाई पनि पुनर्गठन गर्नेछौँ । सचिवालय बैठकले निर्वाचनको समीक्षा प्रतिवेदन तयार गर्ने, पुनर्गठनसम्बन्धी प्रस्ताव तयार गर्ने कार्यदल निर्माण गरेको छ ।’
उनले कार्यदलको प्रस्ताव अनुसार सचिवालय र केन्द्रीय कमिटीमा थप छलफल गरेर पुनर्गठनबारे निर्णय लिने बताए ।
Artha Sanjal






