काठमाडौं ।फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनपछि नेकपा एमलेका अध्यक्ष केपी शर्मा ओली आज पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिएका छन् ।
बुधबार एमालेको ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ सम्बन्धी दुईदिने राष्ट्रिय कार्यशाला काठमाडौंमा सुरु भएको छ । उक्त कार्यक्रमको उदघाटन ओलीले गरेका हुन् ।
काठमाडौंको बबरमहलस्थित कार्की बैंक्वेटमा आयोजना गरिएको राष्ट्रिय कार्यशाला पार्टीको सांगठनिक सुदृढीकरण र गतिशीलताका लागि आयोजना गरिएको एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिए
Artha Sanjal






