प्रधानमन्त्रीको विवादित अभिव्यक्तिपछि सुस्तामा भारतीय एसएसबीको दादागिरी सुरु, तटबन्ध निर्माणमै रोक

दाङ। नेपालका प्रधानमन्त्री बालेन्द्र साहले संसदमा दिएको विवादित अभिव्यक्तिपछि सीमा क्षेत्रमा तनाव सुरु भएको छ।

नेपाली भूमि लिपुलेक लिम्पियाधुरा र कालापानीमाथि भारतको कब्जासम्बन्धमा सरकारको योजना के ? भनि सोधिएको प्रश्नमा प्रधानमन्त्री साहले दिएको अभिव्यक्तिपछि सुस्तामा भारतीय  सशस्त्र सीमा बल (एसएसबी) ले पुन: दादागीरी  देखाउन सुरु गरेको हो।

सांसदलाई जवाफ दिँदै बालेन्द्रले  ‘नेपालले पनि भारतको भूमि अतिक्रमण गरेको छ भन्ने अभिव्यक्ति दिएसँगै  नवलपरासीको सुस्ता क्षेत्रमा निर्माणाधीन तटबन्धको काममा भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले निहु खोज्न  सुरु गरेको हो। जसका कारण  निर्माण कार्य प्रभावित भएको छ।

 नारायणी नदी किनारमा भइरहेको तटबन्ध विस्तारको १३५ मिटर खण्डको काम रोकिएपछि बर्षेनी बर्खाको मार खेप्दै आएका  स्थानीय तह र बासिन्दाले चिन्ता व्यक्त गरेका छन्।

सुस्ता गाउँपालिका–५ मा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत सिँचाइ विभागले करिब एक किलोमिटर तटबन्ध निर्माण गरिरहेको छ। सोही योजनाअन्तर्गत थप १३५ मिटर तटबन्ध निर्माणका लागि करिब १ करोड ४० लाख रुपैयाँको ठेक्का लागिसकेको भए पनि भारतीय पक्षको अवरोधका कारण काम अघि बढ्न नसकेको गाउँपालिका अध्यक्ष टेकनारायण उपाध्यायले बताए।

उनका अनुसार केही दिनअघिसम्म निर्माण कार्यमा कुनै समस्या थिएन। तर अचानक भारतीय सीमा सुरक्षा बलले निर्माण रोक्न भनेको र त्यसयता दिनमा दुई पटकसम्म गस्ती बढाइएको उनको गुनासो छ। ‘हामीले चिन्दै  नचिन्ने केही व्यक्तिहरू पनि त्यहाँ देखिन थालेका छन्,’ उनले भने।

अध्यक्ष उपाध्यायले प्रधानमन्त्री बालेन्द्र शाहले हालै संसद्मा नेपाल–भारत सीमासम्बन्धी दिएको अभिव्यक्तिपछि यसको प्रभाव सुस्ता क्षेत्रमा देखिन थालेको हुन सक्ने आशंका व्यक्त गरेका छन्। भारतीय पक्षले विगतदेखि नै सुस्ताको केही भूभागमा दाबी गर्दै आएको र अहिले तटबन्ध निर्माणसमेत रोक्न खोजिएको उनको भनाइ छ।

सुस्ता क्षेत्र लामो समयदेखि सीमा विवाद र नारायणी नदीको कटान समस्याबाट प्रभावित रहँदै आएको छ। नदीले पटकपटक धार परिवर्तन गर्दा नेपाली भूभाग खुम्चिँदै गएको स्थानीयको भनाइ छ। सीमास्तम्भको अभाव र नदीको बहाव परिवर्तनका कारण सुस्ता नेपाल–भारत सीमा विवादको सबैभन्दा संवेदनशील क्षेत्रमध्ये एक मानिन्छ।

स्थानीय सरोकारवालाले ऐतिहासिक नक्सा, अभिलेख र द्विपक्षीय समझदारीका आधारमा सीमा विवाद समाधान गर्नुपर्ने बताएका छन्। उनीहरूले निर्माणाधीन तटबन्धको काम लामो समय रोकिए सुस्ता क्षेत्र पुनः नदी कटान र बाढीको उच्च जोखिममा पर्ने चेतावनी दिएका छन्।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *